यी हुन तारा एयरमा सवार २२ जना : नामावली र ठेगाना सहित


आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे हुनसक्ने जानकारी प्राप्त भएको हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलले जानकारी दिनुभयो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रथियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि मौसममा बदली हुँदा देशैभर वर्षा भएको थियो ।


पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो।

नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए।

को को थिए यात्रु?

१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार