२४ घन्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?


१२ फागुन । नेपालमा पछिल्लो २४ घन्टामा ३ सय १८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही समयमा एक जनाको कोरोनाका कारण निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो समयमा ७ हजार ७ सय ४३ नमूना परीक्षण गरिएको थियो । यीमध्ये ५ हजार ५ सय ८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यही समयमा ५ सय ६२ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभर अहिले कोरोनाभाइरसका ९ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको