धनी राम काेरी
७ फगुन,कपिलवस्तु । नेकपा एमाले पार्टीको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तिहाद संगठन काे कपिलवस्तु जिल्ला काे पाचौं अधिवेशन बाट अध्यक्ष पदमा माेहमद वसीम मुसलमान लगायत ७१ सदस्यीय समिति गठन भएको छ ।

उक्त कार्यक्रममा नेकपा एमाले कपिलवस्तु का अध्यक्ष डम्मर शर्माले मुस्लिम समुदायकाे लागि नेकपा एमाले पार्टीले निरन्तर रुपमा काम गर्दै अाएकाे बताए । नेपाल काे विकास गर्न काे लागि र अाम जनताको हकअधिकार काे लागि काम गरिरहेकाे छ । २०७९ साल बैशाख महिना हुन गइरहेको स्थानीय चुनाव नेकपा एमाले पार्टी एक नम्बरको पार्टी बन्ने छ । नेपाल भरी रहेका दलित , जनजाति , मधेसी , पिछडा वर्ग र मजदुरहरुलाई अगाडि बढाउन काे लागि नेकपा एमाले पार्टी लगेको छ ।

जिल्ला काे सदरमुकाम मा नेकपा एमाले पार्टीको जिल्ला कार्यालय मा नेपाल मुस्लिम इत्तिहाद संगठन का वरिष्ठ उपाध्यक्ष माैलाना नियाज अहमद काे अध्यक्षता र नेकपा एमाले का केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम इत्तिहाद संगठन काे अध्यक्ष सराञ अहमद मुरुकी काे प्रमुख अातिथ्यता मा कपिलवस्तु जिल्ला काे ७१ सदस्यीय कार्यसमिति निर्माण भएको हाे ।
त्यसै गरी उपाध्यक्ष अकबाल अहमद दर्जी , सचिव अनवर माेहमद , सहसचिव सम्सुदिन नाउ , एउतेशाम खातुन , काेषाध्यक्ष माैलाना वसीम खान लगायत ७१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।

उक्त कार्यक्रममा नेकपा एमाले काे केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तिहाद संगठन काे सह इन्चार्ज सजिदा सिद्विकी , बाबुराम खनाल , नेपाल मुस्लिम इत्तिहाद संगठन का केन्द्रीय सचिवालय सदस्य मैराज मुसलमान , हुसेन चाैधरी , अब्दुल मावुद खान , निजामुद्दिन खां , रुकैया खातुन र हविवुल्लाह खान लगायत कपिलवस्तु जिल्ला काे सबै स्थानीय तहकाे मुसलमानहरुकाे उपस्थिति रहेको थियो ।









