बर्दिबास : लालपुर्जा विहिन भएर बसिरहेका नागरीकले चाडै लालपुर्जा पाउदै


३ माघ महोत्तरी । पुस्तौ देखी लालपुर्जा विहिन भएर बसिरहेका बर्दिबासका भुमिहीन,सुकुम्बासी र अव्यबस्थित बसोबासीले जग्गाको लालपुर्जा पाउने भएका छन् ।

बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले लालपुर्जा वितरणको अन्तिम तयारीमा रहेको बताए । उनले लगत संकलन देखी लालपुर्जाको नक्सा समेत तयारी भएकाले अब पुर्जा वितरण हूने बताए ।

डिजिटल प्रबिधिबाट नक्साकन समेत सम्पन्न भइसकेको छ नगरपालिकाले २४ पुषमा भुमि आयोगसँग पुण सम्झौता गरी लागत संकलन तथा नाप जाच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लालपुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको मेयर कार्कीले भने ा

अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भुमिहिन तथा अव्यबस्थित बसोबासीलाई लालपुर्जा पाउने बाटो खूलेको हो । लालपुर्जा वितरण भएपछि नगरभित्रका लगभग १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नृे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको