राष्ट्रिय युवा संघ नेपालको महाराजगन्ज १० मा वडा समिति गठन


धनी राम कोरी,महाराजगन्ज

२ माघ । कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका वडा नं १० हर्दैना मा स्थित जनता माध्यमिक विद्यालयमा राष्ट्रिय युवा संघ नेपाल को वडा समिति को अध्यक्ष सर्वसहमति मा साबिर अलि चयन भएका छन् ।

त्यसै गरी उपाध्यक्ष इजहार अलि,सचिव छबिलाल यादव ,सहसचिव यासुक अलि, सदस्यहरु निसार अहमद ,सुरेन्द्र यादव ,अकाश कुमार चौधरी , इसव्यास अहमद सर्वसहमति मा चयन भएका हुन ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल का महाराजगन्ज नगर अध्यक्ष दिपक द्विवेदी ले भने कि सबै युवाहरु मिलेर राष्ट्रलाई परिवर्तन गर्नमा महत्त्वपूर्ण भुमिका हुन्छ । महाराजगन्ज का सम्पूर्ण युवाहरु संगठित भएर अब काम गर्नु पर्ने अवस्था अएको छ । गाउ देखि सरह सम्म युवाले मात्र परिवर्तन गर्न सक्छन् ।

उक्त गठन मा युवा नेता तथा राष्ट्रिय युवा संघ नेपाल महाराजगन्ज का नगर अध्यक्ष दिपक द्विवेदी , कोषाध्यक्ष रामानन्द चौधरी , युवा नेता तथा अखिल नेपाल पिछडा वर्ग महासंघ का केन्द्रीय सदस्य अभिषेकमणि यादव , वडा नं १० का वडा इन्चार्ज जैस मोहम्मद मुसलमान , नेकपा ९ एमाले ० का सदस्य पंचराम चमार लगायत अन्य युवाहरुको सहभागीता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको