महोत्तरीबाट लागूऔषध सहित एक जना पक्राउ


३० पुष,महोत्तरी । लागूऔषधसहित प्रहरीले महोत्तरीबाट एक जनालाई पक्राउ गरेको छ ।

सम्सीबाट गौशालातर्फ जाँदै गरेको यात्रुवाहक  बसमा चेकजाँच गर्नेक्रममा बर्दिबास(१२ बस्ने राकेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरीले ग१ख ७४९७ नम्बरको बसमा यात्रारत महतोले सरिरमा लुकाएको लागूऔषध नाइट्रोभेट(१० ३० पिससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपी इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको