सर्लाहीमा १९ वर्षिय किशोरीको शंकास्पद मृत्यु ,सब नउठाई न्यायका लागी उत्रिय सडकमा


३० पुष । सर्लाहीको हरिवन नगरिालिका वडा नं ११ मा एक किशोरीको शंकास्पद मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका ११ का सुशिल दाहालकी श्रीमती अंन्दाजी १९ बर्षकी संचिता गौतम कुन्ती आफ्नै तीनतले पक्की घरको आफु सुत्ने कोठाको सिलिङ्ग पंखा झुण्डाउने रडमा घाँटीमा सलको पासो लगाई मृत्य अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाएर झुन्डिएर मृत्यु भएको अवस्थामा शव फेला परेपछि शंकास्पद मृत्यु रहेको स्थानियले बताएका छन् ।

उनको मंसिर ५ गते बिबाह भएको थियो । बिबाह भएको करिब २ महिना पनि निबत्दै १९ वर्षे किशोरीको ज्यान जानुको कारण रहस्यमय रहेको भन्दै स्थानियले मृत्युको कारण नखुले सम्म शव निकाल्न नदिने भन्दै रोकेर राखेका छन् ।

बिबाह भएको दिनदेखि नै दाईजोका विषयमा दवाव दिएको,श्रीमानले आफू अर्को बिबाह गर्न पाउनु पर्ने माग राख्नु,सम्बन्ध विच्छेद गर्न दवाव दिनु,सासुले अंश खान आएकि भन्दै पटक पटक तनाव दिनु लगायतका कारण पनि आत्माहत्या नभएको पीडित माईते पक्षको आरोप छ ।

पीडित माइती पक्षले घटनाको न्यायोचित छानविन गरि दोषीलाई यथासिघ्र कार्बाही गर्नु पर्ने,उनका श्रीमान र सासूलाई प्रहरीले यथासिघ्र नियन्त्रणमा लिनु पर्ने माग राखेका छन् । सामान्य स्वास्थ्य समस्या आउदा पनि श्रीमानले घर छाडेर जा भन्ने गरेका,माईत जा भनेर विच बाटोमा लगेर छाडिदिने लगायतका काम गर्ने गरेका स्थानियले बताएका छन् ।

स्थानियका अनुसार संकुचित मानसिकता भएको परिवार रहेका कारण पनि अहिले त्यो अवस्था आएको स्थानियले बताए । शव निकाल्ने काम अहिले सम्म पनि नभएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको