अमृत कुमार महतो, पशुपतिनगर ।
१५ पुष । दिनहु चिसो बड्दै गाको कारण चिसोबाट प्रभावित बर्दिबास नगरपालिका–९, पशुपतिनगरका ५६ जना गरिब तथा विपन्न समुदायका परिवारलाई बुधवार सिरक र तन्ना वितरण गरिएको छ ।
जि एम ट्रेडलिक प्रालि बर्दिबास महोत्तरीको आर्थिक सहयोगमा गरिब असहाय वर्गका व्यक्तिहरूलाई सिरकको साथै तन्ना वितरण गरिएको हो ।
बर्षाका कारण बढेको चिसोले गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा सिरक वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।
सिरक बितरण कार्यक्रममा स्थानीय बुद्धिजीवि बच्चु महतो, शिक्षक रामजिवन महतो, पत्रकार समेतको उपस्थिति रहेको थियो । आउने दिनमा अझ यस्तो गरिब, असहाय, मजदुर र विपन्न समुदायमा जि एम ट्रेडलिक प्रालिले सहयोग गर्न सधैं अगाडि रहने प्रालिका संचालक तथा समाजसेवी धुरण महतोले बताए ।









