जनकल्याण प्राथमिक विद्यालयमा समाजसेवी रितु पोखरेलले गरिन् यस्तो सहयोग


अमृत कुमार महतो, पशुपतिनगर । 

१५ पुष । महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरस्थि जनकल्याण प्राथमिक विद्यालय परिसरमा खानेपानीको सुविधा थिएन । बालविकासमा मात्रै ३८ भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थी शुद्ध खानेपानीका लागि कष्ट झेल्दै आएका थिए ।

विद्यालय नजिकैको एक होटेलमा पानी खाने निर्भर हुनुपर्ने उनीहरुको बाध्यता थियो । तर अहिले विद्यालय परिसरभित्रै खानेपानी धारा बनेको छ । २०६४ सालमा स्थापना भएको विद्यालयमा अहिले बालविकासदेखि ३ कक्षासम्म पढाइ हुन्छ ।

गाउँ कै समाजसेवी रितु पोखरेलले आफ्नै लगानी गरेर विद्यालयमा शुद्ध खानेपानीको पहुँच पु¥याएको हो । विद्यालयभन्दा एक सय मिटर परबाट खेतापानी पाइपलाइनबाट विद्यालयमा पाइपलाइन विस्तार गरी खानेपानी ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपलाल साहले बताए ।

‘विद्यालय परिसरमा खानेपानीको पहुँच थिएन, विद्यालय नजिकैको होटलमा खानेपानीको भर पर्नुपर्ने हुन्थ्यो,’ साहले भने, ‘बालबालिकाका लागि हात धुने साबुन र माक्स पनि बितरण गरेको छ, यसले विद्यार्थीको सुरक्ष पनि बढेको छ । र  शुद्ध खानेपानीको व्यवस्थापन भएपनि विद्यालयमा शौचालय पनि छैन ।’

‘पानी बिनाको जीवन बालबालिकाका लागि माछा झै भइरहेको थियो ।’ हामीलाई माया लाग्यो । बालबालिकालाई पानी खान धारा जडान गरिदिए । खानेपानीको अभाव झेलिरहेका विद्यालयमा शुद्ध खानेपानीको पहुँच भएको समाजसेवी पोखरेल बताइन । उनले भनिन,‘शौचालय निर्माण र प्रावि स्थायी कोटा स्थानिय सरकारले व्यवस्था मिलाउनु पर्छ । बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने जिम्मा नगरपालिकाको हो ।’

‘साना–साना नानीबाबुलाई विद्यालय पायक पर्ने गरि २०६४ सालमा विद्यालयको स्थापना भयो । स्थापना भएकै बर्ष दुई कोठे भवन निर्माण भयो । सेतो गुराँस एन जिओ मार्फत बनरझुल्लामा माविमा रहेको बालबिकास कोटा प्राप्त भयो । पछी पिसिएफ कोटा थप भएको थियो । ३ कक्षासम्म  खचाखच विधार्थी पनि थियो केही बर्षपछि पिसिएफ कोटा कट्टा हुन पुगे ।’ विद्यालयको अवस्था कमजोर हुदै  अहिले दुई वटा बालविकास कोटाबाट विद्यालय संचालन गर्नुपरेको पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्य सुर्यनाथ महतोको भनाई छ ।

विद्यालयका प्रअ फुलमणी देवीले भनिन्,‘भवन रंगपेन्ट भएको छैन् । शिक्षक भर्नाका लागि कयौ पटक नगरपालिकालाई आग्रह गरे कुनै सुनवाई भएन । हामी जसोतसो विद्यालय संचालन गर्दै आईरहेका छौ । एउटा प्रावि तहको स्थायी शिक्षक भयो भने विद्यालय संचालनमा कुनै कसर रहदैनन्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको