माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने


११ पुष,काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भोलिदेखि काठमाण्डौमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरि आठौँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

स्थायी कमिटीको निर्णय भोलि बिहान बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने पनि महराले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको