देबराज
१० पुष । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं ८ को वडा कार्यलयमा स्थानिय युवाहरुले तालाबन्दी गरीदीएका छन् ।
वडामा ल्यायको विकास बाटो घाटो, स्वास्थ्य चौकी,खेलकुद अनुदान,विभिन्न तालिम,खरिद विक्री वितरण कोभिडमा बाडिएको राहात लगाएत अन्य विभिन्न विकास निर्माण कार्यहरुको विषय बस्तु खुलाई सत्ते तथ्ये विवरण लिखित रुपमा उपलब्ध गराई दिन भनेर महिनौ अगाडी निवेदन पेस गर्दा पनि अहिलेसम्म त्यसको सुनुवाइ नभएको कारण युवाहरुले तालाबन्दी गरेका हुन ।
केहि महिना अगाडी त्यसै वडामा विजुलीको पोलपोलमा लगाएका बल्बहरु पनि ठाँउठाँउमा फिउज गई विग्रिएको हूदा स्थानिय बासीहरुलाई आवत जावतका लागी निकै ठुलो समस्या रहेको थियो यस समस्यालाई वडामा बारम्बार पहल गर्दा पनि कुनै चासो नदिएको कारण जनप्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराउन र माग पूरा गराउन वडा कार्यालय बन्द गर्न बाध्य भएका हौँ स्थानिय युवा विक्रम रावलले बताए ।









