२५ सदस्यीय अनेरास्ववियु महाराजगन्ज नगर कमिटी गठन


  •  ७ पुस कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्ज मा स्थित फलाहरी बाबा बहुमुखी क्याम्पस मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काे महाराजगन्ज नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन का राष्ट्रिय परिषद सदस्य अन्जित खनाल काे प्रमुख अतिथ्यता र अनेरास्ववियु कपिलवस्तु जिल्ला सदस्य अभिषेकमणि यादव काे अध्यक्षता मा प्रथम नगर सम्मेलन बाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महाराजगन्ज नगर कमिटीको अध्यक्ष अभिषेकमणि यादव , उपाध्यक्ष साजिदा खातुन , चादनी यादव , सचीव नारायण चौधरी, सह- सचिव सत्यवती कसौधन , रिता कुर्मी , कोषाध्यक्ष दिपेन्द्र कुमार कुर्मी लगायत २५ सदस्यीय नवनिर्वाचित भएका हुन ।

उक्त सम्मेलन मा अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य अन्जित खनाल ,
राष्ट्रिय युवा संघ महाराजगन्ज नगर कमिटी अध्यक्ष दिपक द्विवेदी , उपाध्यक्ष अतहर खान , अनेरास्ववियु कपिलवस्तु जिल्ला सदस्य
र अनेरास्ववियु शिवराज नगर कमिटी उपाध्यक्ष राहुल यादव लगायत अन्य युवा नेताहरुकाे उपस्थिति रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको