७ पौष । सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षबीच कुटाकुट भएपछि कांग्रेस प्रदेश २ को अधिवेशन बिहीबारसम्मलाई स्थगित भएको छ।
मतपत्र नछापिएकाले अधिवेशन बिहीबार बिहानसम्मलाई स्थगित गरिएको निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए।
उनका अनुसार बाँकी निर्वाचन प्रक्रिया बिहीबार बिहान ८ बजेदेखि सुरु हुनेछ।
कांग्रेसमा बुधबार दिउँसो १ बजेका लागि तय गरिएको थियो। यस विषयमा देउवा पक्षका सभापतिका उम्मेदवार कृष्ण यादव र निधि पक्षका रामसरोज यादव पक्षबीच विवाद समेत भएको थियो।
विवादका क्रममा दुई पक्षबीच अधिवेशनस्थलमै कुटाकुट भएको थियो। कुटाकुटपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो।
नेपालखबर









