नेपाल र नेपाली जनताको विकास गर्न निरन्तर रुपमा लागेको छु : अध्यक्ष ओली


धनी राम काेरी
६ मंसिर, कपिलवस्तु । जिल्ला काे कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज म नेकपा (एमाले ) पार्टीको पार्टी प्रवेश तथा जनसभा कार्यक्रम सम्पन्न भएको छ । जस मा नेपाली कांग्रेस , माअाेवादी , जसपा , बहुजन पार्टी लगायत अन्य पार्टी परित्याग गरि मंगल प्रसाद गुप्ता लगायत ७ हजार भन्दा बढी व्यक्तिहरु प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा (एमाले ) का राष्ट्रिय अध्यक्ष केपी शर्मा अाेली ले भन्नू भयो कि नेपाल र नेपाली जनताको विकास गर्न काे लागि अाेली काे सरकार चाहिन्छ । किसान , मजदुर , पिछडिएको व्यक्तिहरुकाे हक र अधिकार काे लागि निरन्तर लागेको छ । अब कपिलवस्तु जिल्लामा नेकपा (एमाले ) अझै मजबुत भएको छ ।

नेकपा (एमाले ) का महासचिव शंकर पाेख्रेल ले भन्नू भयो कि अहिले जुन सरकार छ त्यसकाे न कुनै लक्ष्य छ नकुनै उद्देश रहेको छ । त्यही भएर अहिले काे सरकारले केही गरेको छैना । नेकपा (एमाले ) काे सरकार हुदा केही तत्वहरुले षड्यन्त्र गरेर सरकार ढाल्न सफल भएका छन । हामी मुल ढाेका बाट फेरि छिर्ने छाै । कसै काे प्रमे अादेश बाट हाेइन ।

नेकपा (एमाले ) मा प्रवेश गरेका मंगल प्रसाद गुप्ताले भने कि म धेरै ठुलो गल्ती गरेको छु कि याे समय भन्दा पहिले नै पार्टी मा प्रवेश गर्नु पर्थ्याे । तर जे भए पनि मा नेकपा( एमाले ) पार्टी प्रति मा एक जिम्मेवार भएर काम गर्ने छु । कपिलवस्तु काे विकास गर्न काे लागि खास गरेर कृष्णनगर काे विकास काे लागि राष्ट्रिय अध्यक्ष केपी शर्मा अाेली लाई अनुरोध समेत गर्नु भएको हाे ।

कार्यक्रम कपिलवस्तु जिल्ला अध्यक्ष झविलाल पाेख्रेल काे अध्यक्षता , प्रमुख अतिथि नेकपा (एमाले ) का राष्ट्रिय अध्यक्ष केपी शर्मा अाेली , विशिष्ट अतिथि नेकपा ( एमाले ) का महासचिव शंकर पाेख्रेल लगायत काे उपस्थिति मा सम्पन्न भएको छ ।

जिल्ला उपाध्यक्ष बाबुराम खनाल ले कार्यक्रम संचालन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको