२४ मंसिर । कपिलवस्तुमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । भ्रष्टाचार विरुद्धको नागरिक जुरीले तौलिहवामा एक कार्यक्रमको आयोजना गर्दै स्थानीय तहमा हुने भ्रष्टाचार न्यून गर्नेका लागि नीति बनाउन जोड दिनु पर्ने बताइएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले सरकारी तथा गैर सरकारी निकायमा भ्रष्टाचार न्यून गर्न सुशासन, पारदर्शिता नियमित अनुगमन, सार्वजनिक सुनुवाइमा जस्ता कार्यक्रममा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै भ्रष्टाचार विरुद्धको नागरिक जुरी कपिलवस्तुका अध्यक्ष शिवलाल यादवले भ्रष्टाचार न्यून गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुमा जुरी गठन गरेकोले अव सबै पालिकामा न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।
समयमा काम गर्न वडा कार्यालयलाई घडी उपहार ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा आयोजित कार्यक्रममा जनताको काम समयमा गर्न अनुरोध गर्दै वडा कार्यालयलाई घडी उपहार दिइएको छ । बुद्धभूमिका ३ वडाका अध्यक्षलाई टोल विकास समितिको तर्फबाट उपहार प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अनियमितता भएको जानकारी सम्बन्धित निकायमा जानकारी नदिँदा भ्रष्टाचार न्यूनीकरणमा चुनौती हुने बताउनु भयो ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
बुद्धभूमि नगरपालिका वडा नं. ३ का अध्यक्ष गोविन्द प्रसाद आचार्य (विकास)ले भ्रष्टाचार न्यून गर्नका लागि नागरिकको भुमीका महत्वपुर्ण रहेको बताउनु भयो । पालिकाले जनताका काम समयमा गर्न सङ्केत गर्दै उपहार दिइएको थियो । किर्डाक नेपाल कपिलवस्तुको आयोजनामा मनाइएको दिवसमा पालिका र सरोकारवाला बिच अन्तरक्रिया गरिएको थियो । स्थानीय स्तरमा हुने भ्रष्टाचार न्यून गर्नका लागि समुदायले आवाज उठाउनु पर्ने किडार्क नेपाल कपिलवस्तुका संयोजक कृष्ण रावलले बताउनु भयो ।









