ढल्केबर मेला जाऔ आफुलाई आवश्यक पर्ने सम्पुर्ण सामानहरु ल्याऔ


१९ मंसिर,ढल्केवर। धनुषाको ढल्केवरमा दोस्रो ढल्केवर औधोगिक व्यापार मेला २०७८ लाग्ने भएको छ ।

कोरोनाले थला परेको अर्थतन्त्रलाई स्थानीयस्तरमा चलायमान बनाउन स्थानिय थुप्तेन युवा क्लवले ढल्केवरमा दोस्रो पटक औधोगिक व्यापार मेलाको आयोजना गर्न लागेको हो ।

यही मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म चल्ने औधोगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी हुने आयोजक क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए । धार्मिक, पर्यटकीयस्थलको चिनारी, कला, संस्कृती, घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादनको पनि सो मेलामा प्रदर्शनी गरिने उनले बताए ।

भव्य मनोरञ्जनको माध्यमवाट आन्तरिक तथा बाह्रय दर्शकहरुमाझ जिल्लाका कृषी, पर्यटन, स्थानीय व्यापार, कला र संस्कृतीलाइ प्रचारप्रसार गर्दै धनुषालाई बिशिष्ठ पहिचानको रुपमा चिनाउने लक्ष्य रहेको अध्यक्ष लामाको भनाइ छ ।

उनका अनुसार मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध हुने व्यापारिक स्टलहरु पनि रहने छ । मेलामहोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट मनोरञ्जन गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यस्ता मेलामहोत्सवले स्थानीयस्तरमा अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने मेलाका सहआयोजक समेत रहेका मिथिला उद्योग वाणिज्य संघका उपाध्यक्ष संतोष कुमार महतोको बुझाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको