नव क्षितिज क्याम्पस (BSW) का बिधार्थीहरुले यसरी मनाए लैंगिक हिंसा बिरुद्ध अभियान


डुम्जन देबराज

१७ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा रहेको नव क्षितिज क्याम्पसका (BSW) मा अध्यानरत बिधार्थीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाएको छ ।

महोत्तरीको गौशला नगरपालिका १० ईम्लिचोकबाट सुरु भएको शान्तिपूर्ण र्यालीले वडा नम्बर ११ परिक्रमा गरि पुनः इम्लिबाजरको चौतारीमा आइ कार्यक्रम गरेको थियो ।

२५ नोभेम्बर देखि शुर भएको यो दिवस ३ डिसेम्बरका दिन जनचेतना जगाउने हिसाबले दाईजो प्रथालाई लक्षित गर्दै सडक नाटक प्रर्दशन गरी मनाएको हो ।

बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै विधार्थीहरुले लैंगिक हिंसा विरुद्ध अभियान गरेको हो ।

महिलाहरुले क्षमता बिकास नगरे सम्म हिंसा न्युनीकरण हुदैन अभियानबाट हिंसाका प्रकृती तथा स्वरुपहरुका बारेमा स्थानीयहरु जानकार भएको र कार्यक्रमले आपसी सदभाव कायम गरेको अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रबृत्तीले हिंसा न्युनीकरण नहुने र यसका लागि सरकार, संघ संस्था तथा स्थानियहरु समेत जागरुप बन्नु पर्ने समाजसेवी रमेश कुमार महतोले बताउनु भयो ।

महिलाहरु माथि निरन्तर रुपमा हिंसाको घटनाहरु भैराखे पनि इज्जत जोगाउनुपर्ने डर, उजुरी गरिहाले पनि सुनुवाई नहुने र साथ नपाईने डरले उजुरी गर्दैनन् । “कहिलेकाँही यस्तो भैहाल्छनि, एकचोटिलाई छोड्देउ” भनेर लैंगिक हिंसाका यस्ता धेरै घटनाहरु सामसुम पारिन्छन् । यसैलाई मध्यनजर गर्दै बिधार्थीहरुले “कहिलेकाँही होइन, कहिले पनि हुनु हुँदैन” भन्ने सन्देश दिने गरि सडक नाटक बनाएको छ ।

यी नाटकहरुले हिंसा, उत्पीडन र दाईजोको कारण कहिल्यै पनि छोरीहरुले दुख पिडा सहनुहुँदैन र यसको विरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको क्यामपसका शिक्षक दिपेन्द्र राउतले जानकारी दिनुभयो ।

यससँगैअभियानको एक हिस्साको रुपमा सामाजिक सन्देश प्रवाह गर्नको लागि सडक नाटकहरु बढी प्रभावकारी हुने भएकोले यिनीहरु मार्फत “लैंगिक हिंसा र बाल–विवाह विरुद्ध आवाज उठाऔँ” भन्ने मुख्य सन्देश फैलाउन हामी निरन्तर लागि पर्नेछौँ क्याम्पसमा अध्यानरत सरोज महतोले बताए ।

हामी आशा गर्दछौ यी नाटकहरुले पीडितहरुलाई सहयोग माग्न हौसला दिनुको साथै सुरक्षित रुपमा सहयोग लिन सकिने ठाँउहरुको बारेमा जानकारी दिनेछन् स्थानियले बताए ।

उक्त अभियान कार्यक्रममा दश,र एघार नम्बर वडाका समाजसेबी,भद्रभलादमी साथै सरकारी कर्मचारीहरु,भिलेज पब्लिक इङ्लिस बोर्डिङ स्कुल र कल्पवृक्ष विद्या मन्दिर स्कुलका विधार्थीहको उपस्थिती रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको