१२ मंसिर । प्रेस सेन्टर नेपालको प्रदेश २ अध्यक्षमा किरण कर्ण सर्वसम्मतले चयन भएका छन् ।
शनिवार जनकपुरधाममा सम्पन्न प्रेस सेन्टर नेपालको दोश्रो प्रदेश अधिवेशनले कर्णको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको हो ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा दिपेन्द्र सिंह धनुषा उपाध्यक्षमा रामभरोसी यादव सिरहा र सुनिता महतोमहोत्तरी रहेका छन् । यस्तै सचिव प्रमुखमा गोपाल प्रसाद गुप्ता सप्तरी, सचिवमा अनिल पाण्डे ,बारा रामनारायण महतो ,महोत्तरी, सरोज पासवान सिरहा, भक्ति रिजाल सर्लाही, ध्रुव कुमार मण्डल,सप्तरी, ओम किशोर चौधरी रौतहट, मुनेस लायो मगर पर्सा र कोषाध्यक्षमा दिपेन्द्र प्रसाद यादवसप्तरी चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा ज्योती लामा सर्लाही, विमल नगरकोटे सर्लाही, प्रह्लाद साह रौतहट, कृष्ण तिवारी रौतहट, दिपेश पौडेल रौतहट, निरन्जन साह महोत्तरी, महेन्द्र मण्डल सप्तरी, अनुभक्त चौधरी सिरहा,अशोक श्रीवास्तव पर्सा, संजित कुमार गुप्ता पर्सा, राम मण्डल पर्सा, रामनारायण पण्डित सिरहा, प्रेमनाथ पौडेल सर्लाही, विभु अधिकारी बारा, अजय यादव बारा भावना सुनार बारा, कुमारी घिसिङ बारा, फेजुला आलम बारा र महेन्द्र सहनी बारा रहेको नवगठित समितीका सचिव रामनारायण महतोले जानकारी दिए ।
द पब्लिक टुडे









