महोत्तरीको सोनमामा आगलागी हुदा लाखौंको क्षति


१० मंसिर,महोत्तरी । महोत्तरीको सोनमामा आगलागी हुदा लाखौंको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार आज शुक्रवार दिउँसो सोनमा गाउँपालिका २ बस्ने राम एकवाल साहको घरमा आगलागि भर्इ करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागिमा परि साहको २ तल्ले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको छ । सोही घरको भुई तल्लामा संचालन भई रहेको किराना पसल, धान कुटने मिल तथा घरकोठामा रहेका लत्ता, कपडा, अन्नपात , फर्निचर, नगद सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी खवर प्राप्त हुना साथ तत्काल प्रहरी चौकि रघुनाथपुरबाट प्रहरी टोली खटि गई स्थानिय व्यक्तिहरुको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी बाट नगद रु। ६ लाख ५० हजार तथा घर र अन्य सरसमान, लत्ता, कपडा, अन्नपात , फर्निचर, किराना पसल, धान कुटने मिल सहित गरी करिब १८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यद्यपी उक्त घटनामा कुनै किसिमको मानवीय तथा चौपाया क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिप्रका महोत्तरीका डीएसपी प्रकाश विष्टले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको