ज्ञानेश्वर सहानी
१० मंसिर नवलपरासी । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पदाधिकारीको लागि पश्चिम नवलपरासीमा १४ महाधिवेशनको मतदान सम्पन्न भएको छ।
मतदान शान्तिपूर्ण वातावरणमा जिल्लाको परासी स्थित सरस्वती मा।बि शान्तिचौरमा करिब बिहान ८ बजेदेखि ४ बजे सम्पन्न भएको हो।
मतदाता उत्साहित हुदै मतदाताहरू मतदान गर्न आएको थियो भने नेपाली काङ्ग्रेस नवलपरासी जिल्ला सभापतिका लागि संविधानसभा सदस्य बिक्रम खनाल पक्षबाट अर्जुन कुमार पोख्रेल तथा केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल पक्षबाट मोहन प्रसाद शर्माले उम्मेदवारी गरेका छन।
जिल्लामा १३४६ मतदाता रहेकोमा हालसम्म करिब १३२९ मत खसेको सहायक मतदान अधिकृत भुसालले बताउनु भएको हो। ४३ वटा बुध रहेकोले मतदान गर्न सजिलो भएको मतदाताहरुको भनाइ रहेको छ।









