जसपा ले सांसद प्रदीप यादवलाई अनुशासनको कारबाही


९ मंसिर । जनता समाजवादी पार्टी जसपा ले केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवलाई अनुशासनको कारबाही गरेको छ।

अध्यक्ष उपेन्द्र यादवको विरोध गरेका सांसद यादवलाई केन्द्रीय सदस्यबाट हटाइएको छ। उनलाई बुधबार केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्यमा झारिएको जसपाले जनाएको छ।

उनलाई अनुशासनको कारबाही गरिएको एक नेताले बताए। “पार्टीबाट निष्काशन गर्ने तयारी थियो, तर सांसद पद जाने भएकाले साधारण सदस्यमा झारिएको हो,” ति नेताले भने।

जसपाबाट गठबन्धन सरकारमा मन्त्री नबनाएको भन्दै सांसद यादवले विरोध गरेका थिए। उनी निकट कार्यकर्ताले वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला समेत जनाएका थिए।

कारबाहीमा परेका सांसद यादवले पार्टीले गरेको निर्णयलाई सम्मान गर्ने प्रतिक्रिया दिए। उनले भने “पार्टीको निर्णयलाई सम्मान गर्छु, तर यसमा मेरो कुनै गल्ती छैन ।

उनको ठाउँमा वीरगञ्ज महानगपालिका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्य बनाएको छ। सरावगीसँगै रामबाबु यादव, सूर्यनाथ यादव, विकास तिवारी र चन्देश्वर सदालाई पनि जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने व्यक्तिको सिफारिश गर्न समिति गठन गरेको छ। समितिमा अशोक राई, महेन्द्र राय यादव, रेणु यादव र राजेन्द्र श्रेष्ठ छन्।

जसपा बैठकमा प्रदेश २ को मन्त्रीबाट हटाइएका राम नरेश यादवका विषयमा पनि छलफल भएको थियो। एक नेताका अनुसार उनलाई पदमुक्त गर्ने प्रक्रिया उपयुत्तः नभएको नेता महेन्द्र यादवले बताएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको