२३ असोज जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।
नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको हो ।
धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार गुडियाले दुबै छोरा ह’त्या गरी आफूले आत्मह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्दपी घटनाको रहस्य भने खुल्न बाँकी छ ।
मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको डिएसपी बस्नेतले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
टुडे खोज









