मध्यरातमा २ युवती होटलमा बोलाएर यौनकार्य गरिरहेका ४ जना पुरुष पक्राउ


१९ असोज । सिरहामा दुई महिलासहित ६ जना होटलको कोठाबाट समातिएका छन् । जिल्लाको गोलबजारस्थित न्यू ग्रीनलयान्ड होटलबाट आपत्तिजनक अवस्थामा २ महिला र ४ पुरुषलाई प्रहरीले नि यन्त्रणमा लिएको हो ।

होटलमा यौनधन्दा हुने गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी सिरहाको संयुक्त टोली होटल पुगेको थियो । होटल छापा मार्ने क्रममा ४ पुरुषसँग २ जना महिला भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहले पुष्टि गरेको छ ।

जिप्रका सिरहाका अनुसार पक्राउ पर्नेहरुमा न्यू ग्रीनलयान्ड होटलका सञ्चालक जीवछ साह, राजु होटेलका राजु साह, सिरहा कल्याणनपुर नगरपालिका १० का राजन पासमान र कल्याणपुर नगरपालिका १२ का सतिश पासमान रहेका छन् । दुई होटल सञ्चालक र अन्य गरी ४ पुरुषले ती दुईजना महिलालाई सम्पर्क गरेर बोलाएको हुनसक्ने अनुमान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको