जनकपुरको एक होटलमा किशोरी माथी २ दिनसम्म गरे एक युवकले जबरजस्ती करणी


१४ असोज,जनकपुर । जनकपुरधामको एक होटलमा १६ वर्षीय किशोरीमाथी एक युवकले २ दिनसम्म जबरजस्ती करणी गरी होटेलमै छाडेर भागेको आरोप परिवारजनले लगाएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढीस्थित आफ्नो सानीआमाको घर आएकी १६ बर्षिय किशोरीलाई सोही स्थान बस्ने एक युवकले अपहरण शैलीमा जनकपुरको एक होटेलमा लगेर जबरजस्ती करणी गरी छाडेर भागेको आरोप उनको सानीआमाको छ । गत असोज ३ गते धनुषाको शहिदनगर नगरपालिका वडा नं। ८ हडबारा बस्ने किशोरीलाई सानीआमाकै घरबाट ललाई फकाई लगेर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

सोही स्थान बस्ने अन्दाजी बर्ष २५ को एक युवक ९नाम गोप्य०ले किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । स्थानीय अरुण महराको मोटरसाईकल लिएर किशोरीलाई जनकपुरको होटेलसम्म लगेको पीडित किशोरीलाई उदृत गर्दै उनकी सानीआमा सनेचरी देवी महराले बताइन् ।

आरोपित युवक भदौ ६ गतेदेखि नै फरार रहेको बताइएको छ । किशोरीलाई अहिले ओरेक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा राखिएको बताइएको छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले भने अनभिज्ञता प्रकट गरेको छ ।

समाचार न्युज ब्यूरो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको