हेटौंडामा दशैं कप फुटबल शुरु


१४ असोज । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ मा टोलस्तरीय फुटबल प्रतियोगिता दशैं कप शुरु भएको छ । श्री शक्तिश्वरी युवा क्लवको आयोजना भएको प्रतियोगिताको पहिलो दिन बुधबार दुई वटा खेल सम्पन्न भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातेमाटेको खेल मैदानमा भएको उद्घाटन खेलमा रातेमाटेले बुद्धदर्शन टोल विकासलाई ७–० गोलको फराकिलो अन्तर पराजित गरेको छ ।

रातेमाटोलको लागि लाक्पा लामाले २ गोल गरे र देवराज लामा, दीपेश रुम्बा, सुमन रुम्बा र सुजन वाइबा एक–एक गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै दुई गोल गरेका रातमाटे टोल बिकासका लाक्पा लामा म्यानअफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा श्रृजनशिल टोलले गौरी शिखर टोल विकासलाई ४–१ गोलको फराकिलो अन्तर हराएको हो । श्रृजनशिल टोलको लागि सुनिन कुमार ठिंग , युतेश स्याङ्बो , शुरज मोक्तान, विजय बलले एक–एक गोल गरेका थिए । गौरी शिखर टोललागि सन्देश बलामीले सान्त्वना गोल फर्काएका थिए ।

खेलमा उत्कृष्ट प्रर्दशन गर्दै युतेस स्याङ्बो म्यानअफ द म्याच घोषित भए ।

प्रतियोगितामा वडाका १८ वटा टोल विकास समितिको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ट्रफि सहित ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने श्री शक्तिश्वरी युवा क्लबका अध्यक्ष एस।के लामाले जानकारी दिए ।

विधागत उत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित प्रमाण पत्र प्रदान गर्ने उनले बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको