१२ असोज । चोरीको मोटरसाईकलसहित धनुषा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ सोनीगामाका १९ बर्षिय मम्ताज मन्सुरी र सोही ठाउँका २० बर्षिय रमेश कुमार महरा रहेका छन् । उनीहरुलाई मंगलवार बिहान १० चोरीको मोटरसाईकलसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
मंगलवार विहान ३ बजे स्थानीय ३० वर्षिय बेचन मुखियाको आफ्नै घरको आंगनबाट प्र।२–०२–००२प–००८५ नम्बरको टिभिएस कम्पनीको स्ट्राइकर मोटरसाईकल चोरी भएको थियो ।
प्रहरी निरिक्षक सुवेदीका अनुसार चोरीको मोटरसाईकल धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारस्थित रहेको स्थानीय वर्कसपमा विक्री गर्न खोजीरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसति चोरी मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रनि सुवेदीले बताए ।
द पब्लिक टुडे









