असोज । प्रदेश २ को राजधानी रहेको जनकपुरधामको पिडारी चौकमा टिपरले मोटरसाइकल मा सवार भएका भारतीय नागरिकलाई ठक्कर दिएर ज्यान लिएपछि आक्रोसित स्थानीयले पिडारी चोकमा टिपरमा आगजनी गरेका छन् ।
प्रहरीका अनुसार ना। ७ ख। ४७४१ नम्बरको टिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृत्यू भएको हो । दासको घटनास्थलमै मृत्यू भएपछि आक्रोसित स्थानीयले उक्त टिपरमा आगजनी गरेको बताइएको छ ।









