महाराजगन्ज मा राष्ट्रिय युवा संघ नेपालको नगर स्तरीय बृहत भेला तथा अधिवेशन सम्पन्न , तस्बिर सहित


धनी राम कोरी

९ असोज कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका भित्र नेकपा एमाले को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल को न्याय प्रेमि युवाहरु राष्ट्रिय युवा संघमा , सामाजिक परिवर्तन युवाको काँधमा भन्ने मुल नाराका साथ नगर स्तरीय बृहत युवा भेला तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।

 

 

प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय उपाध्यक्ष र लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले हाम्रो राष्ट्रमा ठुलो परिवर्तन आएको छ भने त्यसमा युवाहरु को बढी भुमिका रहेको पाइन्छ । युवाहरु भविष्यका कर्णधार हुन, पछि जिल्ला मात्र नभइ पूरा राष्ट्र चलाउने जिम्मेवारी युवाहरु को नै हो । महाराजगन्ज मात्र नभइ पूरा नेपाल अधिराज्यमा राष्ट्रिय युवा संघ नेपालमा धेरै युवाहरु प्रवेश गरिरहेका छन् पुरीले बताए ।

विशिष्ट अतिथि प्रदेश सभा सदस्य अर्जुन के।सी ले भन्नू भयो कि नेकपा एमाले पार्टीलाई सरकार बाट बहिरा निकाल्न को लागि दलहरु गठबन्धन गरेर मात्र सफल भएका छन तर एमाले पार्टी सरकार मा हुदा धेरै राम्रो काम गरेको छ । ठुला ठुला कार्यक्रमहरु नेकपा एमाले पार्टी सरकार मा हुदा धेरै काम गरेको छ । महाराजगन्ज नगरपालिका भन्दा बढी शिवराज नगरपालिका , विजयनगर गाउपालिका मा विकास भएको पाइन्छ ।

त्यसै गरि विशिष्ट अतिथि प्रदेश सभा सदस्य विष्णु पन्थी ले नेकपा एमाले पार्टी मधेसको पार्टी हो , मधेस र मधेसीको रुपमा स्थापित भएको पार्टी हो । दलित र मुस्लिमहरुको लागि जनता अवास कार्यक्रम , दलित अनि मुस्लिमहरु को लागि प्रदेश सरकारले जनता अवास कार्यक्रम संचालन गरेको छ । सिमानाका संग जोडिएका विद्यालयहरु को लागि छुट्टै कार्यक्रम पनि संचालन गरेको छ । सर्वसाधारण मान्छेहरुको दुख र पीडा लाई बुझ्ने पार्टी भने नेकपा एमाले नै हो ।

महाराजगन्ज नगरपालिका को नगर कमिटी अध्यक्ष निजामुद्दिन खान को अध्यक्षता अनि राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय उपाध्यक्ष र लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरी को प्रमुख अतिथिता मा राष्ट्रिय युवा संघ नेपाल महाराजगन्ज नगर कमिटी को अध्यक्ष दिपक द्विवेदी , उपाध्यक्ष अतहर हुसेन , सचिव अभिषेक मणि यादव , सह( सचिव बृजेश यादव , कोषाध्यक्ष रामानन्द कुर्मी लगायत ३६ सदस्यहरु नगर कमिटी मा रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल को बृहत् युवा भेला तथा अधिवेशन कार्यक्रम मा नेपाल कम्युनिष्ट पार्टीको जिल्ला अध्यक्ष झविलाल पोख्रेल , जिल्ला उपाध्यक्ष बाबुरा खनाल , राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य गोपाल ज्ञवाली , राष्ट्रिय युवा संघ का केन्द्रीय सदस्य अजय रौनियार , युवा संघ का केन्द्रीय सदस्य सुरज खरेल लगायत अन्य व्यक्तिहरु कार्यक्रम मन्तव्य राखेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु को आयोजना मा राष्ट्रिय युवा संघ नेपाल को महाराजगन्ज नगर कमिटि को अधिवेशन महाराजगन्ज नगरपालिका वडा नं. १ को मदरसा मा भएको हो ।

कार्यक्रम संचालन महाराजगन्ज नगर कमिटी का सचिव शिव प्रसाद गैरे ले गर्नु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको