धनुषा : सूचना माग गर्दै पाँचौं दिन रिले अनशन जारी


८ असोज, धनुषा । धनुषाको सबैला नगरपालिकामा सूचना माग गर्दै पाँचौं दिन रिले अनशन जारी छ । पालिकासँग सूचना माग गर्दै सातजना रिले अनशनमा बसेका हुन् । भदौ ४ गते देखि पालिकाको प्रवेशद्वारमा भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका पदाधिकारी र राजनीतिकर्मी अनसनमा बसेका हुन् ।

समयमा सूचना उपलब्ध नगराउँदा बाध्य भएर रिले अनसन सुरु गरेको समितिका संयोजक सुरेश यादवले जानकारी दिए । समितिले पालिकासँग गत जेठ २३ गते उजुरी दर्ता गराएर ९ वटा शिर्षकमा सूचना माग गरेको थियो । त्यसयघि मौखिक रुपमा पनि सूचना माग गरिएको थियो । तर, कर्मचारी र नगर प्रमुख विजय शंकर साहले वेवास्ता गरेको संयोजक यादवको गुनासो छ । उनका अनुसार दुई कुरालाई ध्यानाकषर्ण गराउन रिले अनसन सुरु गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको अधारमा छिटो छानबीन सुरु गर्नुपर्ने र मर्यादित रुपमा नगरबासीले सूचना पाउनु पर्ने उद्देश्यले अनशन सुरु गरेको उनको भनाइ छ ।

अनशन स्थलबाटै जागरण अभियानसमेत सञ्चाल भइरहेको समितिका महासचिव मेथल साहले बताए । उनका अनुसार जागरण अभियान अन्तरगत प्रत्येक दिन निश्चित विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ । पालिकाले भ्रष्टाचार गरेकै कारण सूचना उपलब्ध नगराएको उनको तर्क छ । पालिकामा हरेक शिर्षकमा अनियमितता भएको उनले आरोप लगाए ।

नगरका जनप्रतिनिधिहरुले विकासभन्दा कमिसनलाई प्राथमिकतामा राखेको उनको गुनासो छ । भ्रष्टाचारविरुद्ध बोल्ने, लेख्नेविरुद्ध नगर प्रमुख साह आक्रमक शैलीमा प्रस्तुत हुने गरेको उनले बताए । भ्रष्टाचार भएको छैन भने सूचना दिन किन अनाकानी भइरहेको छ उनले प्रश्न गर्दै भने, नागरिकको अधिकारलाई कुण्ठित गर्न मिल्दैनन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको