महोत्तरीमा एक महिलाले गरिन आत्महत्या


६ असोज महोत्तरी । महोत्तरीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन । महोत्तरीको सम्सी गाउँपालिका वडा न. ५ संग्रामपुर बस्ने करिब ३० वर्षीय सुन्दर देबी रामले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

मंगलबार करिब ६ ४५ बजेको समयमा उनको घरदेखि करिब ५ सय मिटर पश्चिम खेतमा रहेको आँपको रुखमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी पोखरभिण्डा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोलि खटेको टोलीले घटनाको प्रारम्भिक मुचुल्का शवलाइ पोष्ट मार्टमको लागी जिल्ला अस्पताल जलेश्‍वर पठाईएको थियो ।

पोष्ट मार्टम पश्‍चात शव रामको शव उनका आफन्तले बुझेर लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको