जलेश्वर कारागारबाट डेढ वर्षदेखि ९ वर्ष सम्मको सजाय काटेका १० कैदीबन्दीहरु रिहा 


धर्वेन्द्र कुमार यादव ‘यदुवंशी

४ असोज, महोत्तरी । महोत्तरी संविधान दिवस– २०७८ को अवसर पारेर जलेश्वर कारागारबाट १० जना कैदी बन्दीलाई रिहा गरिएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अनुसार देशभरका ५ सय २३ कैदीबन्दीहरुलाई दिएको आम माफीमा जलेश्वर कारागारबाट पनि १० जना कैदीबन्दीले माफ पाइ रिहा भएका हुन् । रिहा हुनेहरुमा ९ जना पुरुष र एक जना महिला रहेका छन्।

रिहा भएकाहरु मध्ये एक महिला तथा चार जना पुरुष कर्तव्य ज्यान मुद्दा अन्तर्गत र पाँच जना सवारी ज्यान मुद्दाका कैदी बन्दी रहेको कारागार प्रमुख गणेश मिश्रले जानकारी दिए ।

रिहा हुनेहरुमा धनुषा जिल्लाको रामलक्षण यादव , सुन्दर यादव , दिलिप महतो , र संजय पंडित रहेका छन भने सर्लाही जिल्लाको शैल देवी रहेकी छिन । त्यसै गरि महोत्तरीका रामप्रकाश महरा , धनुषाका सत्यनारायण मुखिया , ज्ञान बहादुर क्यापछाकी मगर , महोत्तरीका महादेव मण्डल तथा कैयुम नदाफ आईतबार कारागारबाट विदा भएका हुन ।

उनीहरुलाई फुल माला लगाएर विदा गरिएको जेलर मिश्राले बताए । रिहा हुनेहरुमा डेढ वर्षदेखि ९ वर्ष सम्मको सजाय काटेका कैदीबन्दीहरु रहेको मिश्रले जनाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको