जनप्रतिनिधिकै असहयोगको कारण आरकेस्ट्रा नाच रोक लगाउन सकिएन : एसपी आचार्य


४ असोज । महोत्तरी प्रहरीले आरकेस्ट्रा नाच रोकमा स्थानीयतहका जनप्रतिनिधिले असहयोग गरेको गुनासो गरेको छ । महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्य जनप्रतिनिधिकै असहयोगको कारण आरकेस्ट्रा नाच पूर्ण रुपमा रोक लगाउन नसकेको बताएका हुन् ।

आरकेस्ट्रा नाचको कारणले समाजमा विकृति र अपराधिक घटना बढेको भन्दै गएको बिहीबार महोत्तरी प्रहरीले जिल्ला भरिमा कतैपनि सो नाच गर्न नदिन मातहतका निकायलाई निर्देशन दिएको थियो । तर, शनिबार राति माहेत्तरीको सोनमा गाउँपालिका वडा नं। ७ सुन्दरपुरमा आरकेस्ट्रा नाचमा भएको विवादले आइतबार दिउँसो र्दुइपक्षबीच झडप हुँदा एकजनाले ज्यान गुमाएका छन् । भने अन्य दुईजना घाइते भएका हुन् ।

आरकेस्ट्रा जिल्ला भरि प्रतिबन्ध लगाएपनि किन यस्तो घटना भयो भन्ने  प्रश्नमा एसपी आचार्यले जनप्रतिनिधिको असहयोगको कारण यस्तो घटना भएको जवाफ दिएका हुन् ।

‘आरकेस्ट्रा नियन्त्रण गर्न प्रहरीको तर्फबाट हुने पूर्ण कोशिस गरका छौं । हामी हिजो अस्ती थुप्रै आरकेस्ट्राका कलाकारलाई नियन्त्रणमा लिएर फर्कायौं । ‘ उनले भने ‘तर कुनै कुनै ठाउँमा यस्तो गलत क्रियाकलाप रोक्न जाँदा प्रहरीकै विरोध गर्ने, साथ नदिने, प्रोत्साहन गर्ने जस्ता गतिविधि जनप्रतिनिधि लगायतको पक्षबाट भएको कारण हामी पूर्ण रुपमा नियन्त्रण गर्न नसकेका हौं । यधपि धेरै हदसम्म नियन्त्रण भएको छ ।’

उनले सोनमा गाउँपालिकामा भएको घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र धेरै कुराहरु खुल्न बाँकी रहेको बताए ।

आरकेस्ट्रा नाच रोक्न पूर्ण रुपमा आफुहरु लागि परेको समेत एसपी आचार्यले बताएका छन् ।

टुडेपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको