४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्याका विषयमा आफैं प्रधानमन्त्री, राष्ट्रपति हुँदा पनि खोजिनीति नगरिनु अनैतिक भएको आरोप लगाएका छन् ।
सोमबार सहिद सूर्यनाथ रान यादवको स्मृति दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा उनले क्रान्तिकारी, देशभक्त भएकाले नै भण्डारीको हत्या भएको बताए ।
मदन भण्डारी क्रान्तिकारी, देशभक्त भएकाले उनको हत्या भएको भन्ने पनि सबैलाई थाहा छ । आफैं राष्ट्रपति, प्रधानमन्त्री हुँदा पनि चिन्ता पनि छैन, खोजिनीति पनि छैन भनेपछि कति अनैतिक रु जबज भनेपछि भयो । जबज, जबज के हो भन्ने छलफल पनि छैन,” उनले भने ।
दाहालले पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै मदन भण्डारीको हत्याको सत्यतथ्य छानबिन गर्न चासो नदेखाएको टिप्पणी गरेका हुन् ।
खरी









