कांग्रेसका उपसभापति विमलेन्द्र तत्काल प्रदेश प्रहरी गठन गर्न सरकारलाई आग्रह


३ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्काल प्रदेश प्रहरी गठन गर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार राजधानीमा महेन्द्रनारायण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा निधिले प्रधानमन्त्रीले आफ्नो सरकारको प्राथमिकता खोप मात्र भनेको भन्दै संघीयताको कार्यान्वयनका लागि प्रदेश प्रहरी आवश्यक रहेको बताए ।

“प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा उभिएर भन्नुभएको थियो, मेरो पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप,” निधिले भने, “म यहाँ उभिएर प्रधानमन्त्रीलाई भन्दै छु, पहिलो प्राथमिकता प्रदेश प्रहरी, दोस्रो प्राथमिकता प्रदेश प्रहरी, तेस्रो प्राथमिकता प्रदेश प्रहरी ।”

निधिले संघीयताको कार्यान्वयन नभए संविधानको भविश्यमै प्रश्न उठ्ने भन्दै प्रदेशहरूलाई सक्षम बनाउनका लागि पनि प्रदेश प्रहरी आवश्यक भएको बताए ।

अघिल्लो सरकारले संघीयता कार्यान्वयनमा आनाकानी गरेको भन्दै उनले वर्तमान सरकारले संघीयता कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको