माओवादी स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै


२९ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार दिउँसो ३ बजेका लागि पार्टी कार्यालय, पेरिसडाँडामा बैठक बोलाइएको हो । बैठकमा सरकार विस्तार, सांगठानिक विषय लगायतका विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्र्रसमेतको समर्थनमा बनेको गठबन्धनको सरकारले दुई महिना बितिसक्दा पनि सरकार विस्तार गर्न सकेको छैन । सत्ता गठबन्धनभित्रै आन्तरिक किचलो देखिएपछि सरकार विस्तार हुन नसकेको हो ।

विशेषगरी मन्त्रालय बाँडफाँडका विषयमा कुरा नमिल्दा लामो समयदेखि मन्त्रिपरिषद विस्तार रोकिएको छ ।

देउवाले माओवादीलगायत सरकारमा संलग्न अन्य दलहरुलाई मन्त्रीहरुको नामावली उपलब्ध गराउन भनिरहेका छन् ।

आजको बैठकमा मन्त्रिपरिषदमा को को समावेश हुने भन्नेबारे पनि छलफल हुने माओवादी स्रोतले बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको