धनुषामा डकैती, डकैतले गराएको बिस्फोटमा दुई जना घाइते


२९ भदौ, धनुषा। धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ कुम्हरामा गएराति डकैती भएको छ । स्थानीय सिटहु यादवको घरमा डकैती भएको स्थानीयले खबर दिएका छन् ।

राति करिव १ बजेको समयमा डकैती भएको बताइएको छ ।
लुटपाट पश्चात डकैतले बिस्फोट गराएको शंकास्पद वस्तुमा दुईजना घाइते भएका छन् ।

विस्फोट घरको पछाडी तिर भएको स्थानीयहरुको भनाई छ ।
यता धारापानीको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको कुरा बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको