प्रतिनिधिसभाको बैठक आज बस्दै


२९ भदौ,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ । नेकपा एमालेले भने लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ । एमालेले प्रतिपक्षी बिनै सदन चलाएर देखाउन चेतावनी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको