नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा पाँच जना पक्राउ


२७ भदौ । नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा बारा र रौतहटबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

नेपालमा कारोबार गर्ने भारतमा नोट बनाउने काममा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बाराको निजगढबाट चार जना र रौतहटको चन्द्रनिगाहपुरबाट एक जना नक्कली र सक्कली नोटसहित पक्राउ परेका हुन् ।

रौतहटमा पक्राउ परेका एक जनालाई पनि बारा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । उनीहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको र यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको