आज प्रतिनिधि सभाको बैठक बस्दै


२७ भदौ,काठमाण्डौ । आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक डाकिएको संसद सचिवालयले जनाएको छ ।

गत बुधबारदेखि सुरु भएको संसदको नवौ अधिवेसनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरिरहेको छ । शुक्रबार बसेको बैठकमा एमालेको नाराबाजी बिच नै सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ । सभामुखले नेकपा एमाले फुटाउन भुमीका खेलेको भन्दै प्रतिपक्षी एमालेले सभामुखको भुकीमाथीनै प्रश्न उठाइरहेको छ ।

तर सभामुख सापकोटाले आफुले कानुन अनुसार नै गरेको जवाफ दिएर एमालेको नारावाजी बिच नै संसदको कारवाही अगाडी बढाएका छन् । आजको बैठकमा सपथ सम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।एमालेले अजको बैठकमा अवरुद्ध गर्ने सम्भावना छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको