
४ भदौ । मानिसहरुको निश्चित सुत्ने तथा उठ्ने समय हुन्छा । तर केही मानिसहरु दिउँसोको समयमा पनि काम नभएका कारण सुत्ने गर्छन ।
दिउँसो सुत्नु अर्थात आराम गर्नु एक हिसाबले ठिक हो । तर दिउँसोमा सुत्नुले धेरै समस्याहरु पनि निम्तन सक्ने सम्भावना हुन्छ ।
बिएमआई बडी मास इन्डेक्स ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ ।
दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ । युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै तीन लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ ।
यसले मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ ।दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन । रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ ।
सामान्यतः महिलाको कम्मरको मोटाइ ३० र पुरुषको ३४ इन्चभन्दा माथि हुनुहुँदैन । अमेरिकन क्यान्सर सोसाइटीको एक अध्ययनले कम्मरको मोटाइ आवश्यकभन्दा ५ सेन्टिमिटर बढे पनि क्यान्सरको आशंका ७ प्रतिशतले बढ्न जान्छ ।