३ भदौ, काठमाडौं । लकडाउन खकूलो भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४३८ जनाको आरटी(पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको आरटी(पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २० हजार ६०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१२६ जना कोरोनामुक्त भए, ३३ को मृत्यु
कोरोना भाइरस ९कोभिड(१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १२६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १६ हजार ४३८ जनाको पीसीआर(एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४२ लाख २० हजार ००१ जनाको पीसीआर(एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।