मदन अधिकारी (भोजपुर)
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुली लघुवित्त वित्तीय संस्था लिमिटेड अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीले आ.ब. २०७८/०७९ को प्रारम्भमा ३ वटा प्रदेशका ६ वटा जिल्लामा एकैसाथ ८ वटा शाखा विस्तार गरेको छ ।
विस्तार गरिएको शाखाहरुमा बागमती प्रदेशमा ३, गण्डकी प्रदेशमा २ र लुम्बीनी प्रदेशमा ३ गरि ६ वटा जिल्लामा ८ वटा शाखा कार्यालयहरु यही मिति २०७८ साल भाद्र १ गतेबाट संचालन ल्याएको छ ।
वित्तीय संस्थाको ८ वटा शाखा कार्यालय थप भए पश्चात ५७ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रवाह हुने संस्थाले जनाएको छ । यस संगै महुली लघुवित्तले ७ वटा प्रदेश मध्ये ५ वटा प्रदेशमा आफ्नो उपस्थिती जनाएको छ ।