२४ घन्टामा देशभर दुई हजार ६ सय २४ जना कोरोना संक्रमित २० जनाको मृत्यु


३० साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर दुई हजार ६ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा एक हजार नौ सय ४७ र एन्टिजेन परीक्षणमा ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा आठ हजार ६ सय ६७ पिसिआर परीक्षण र चार हजार नौ सय ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

हाल देशभर ३९ हजार चार सय पाँचजना सक्रिय संक्रमित रहेका छन् । शनिबार एक हजार तीन सय २० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा २० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार दुई सय ५९ पुगेको छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको