खोप केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउने व्यवस्था गर्न सर्वोच्चको आदेश


Deep Diamond

३० साउन, काठमाडौं । खोप केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता प्रवेश केसीले हालेको रिटमा सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।

खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँड्डुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुबै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडा स्तरबाट लगत संकलन गरी उपयुक्त अन्य माध्यामबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको