पब्जी र फ्री फायर बन्द गर्न सांसदको आग्रह


१२ साउन, काठमान्डौं ।

बालबालिकाहरु अनलाइन गेमकाको कुलतमा फसेर मानसिक रोगी बन्दै गइरहेको बताउँदै तत्काल बन्द गर्न सांसद आशाकुमारी बिकले सरकारसँग आग्रह गरेकी छिन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन् । उनले भनिन्, ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो । तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका छन् । उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन् । पछि गएर मानसिक रोगी बन्न सक्छन् । त्यसैले अनलाइन गेम बन्द गरियोस् ।’

सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने उनले बताइन् । यस्तै प्रभाव रहीरहे भविष्यमा मानसिक अस्पतालको कमी हुने पनि उनको भनाइ छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको