बिजय शाहीबाट अमेरिकी लेखक नेल्सन डेलिस समेत ठ’गिए


१२ साउन, काठमाडौं । मेमोरी पावर बढाईदिने भन्दै नेपालमा ठ’गि आ’तंक मच्चाएका बिजय शाहीबाट अमेरिकी लेखक एवं युट्युबर नेल्सन डेलिस समेत ठ’गिएका छन ।

अमेरिकामा मेमोरी किङ भनेर चिनिने डेलिसले कालीकोटका युवा विजय शाही अरूलाई मूर्ख बनाउने व्यक्ति भएको टिप्पणी गरेका छन् । हिजो राति ८ बजेतिर आफ्नो अधिकारिक युट्युब च्यानलमा भिडियो अपलोड गरेका नेल्सनले भनेका छन्, ‘विजय शाहीबारे यो अन्तिम भिडियो हो ।

अबदेखि म उसको बारेमा कुनै भिडियो बनाउने छैन ।’ आफूलाई मेमोरी किङ दाबी गर्ने शाहीको अनुरोधपछि नेल्सनले केही दिनअघि उनको अन्तर्वार्ता सहित स्मरण शक्तिको परीक्षा लिएका थिए । भिडियो तयार हुँदासम्म शंकार हित देखिएका नेल्सनले नेपालमा अनेक टिप्पणी हुन थालेपछि अर्को भिडियो बनाएर शाहीलाई ‘फेक’ भनेका हुन् । शाहीले नेल्सनसँग छलछाम गरेको भिडियो नेपाली युट्युबरहरूले बनाएका थिए ।

पछिल्लो भिडियोमा नेल्सनले भनेका छन्, ‘भिडियो खिच्दा खिच्दै मसँग शाहीले ठ’गी ९स्क्याम० गरे ।’ ‘नेपाल एक सुन्दर देश हो । यस्तो ठ’ग्ने व्यक्ति नेपालले नपाउनुपर्थ्यो । विजय शाहीले नेपालीहरूलाई पनि मूर्ख बनाएका छन्’, उनले भनेका छन्, ‘मलाई पनि उनले ठगे । अब उनीबारे कुनै चर्चा गर्ने वा भिडियो बनाउने काम गर्दिनँ ।’नेल्सनले नेपालमै आएर शाहीको परीक्षा लिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको