भारतबाट अवैधरूपमा ल्याउँदै गरेको चाँदीको गरगहनासहित एक जना पक्राउ


६ साउन, पर्सा । पर्साको वीरगञ्जबाट पाँच किलो तीन सय ३४ ग्राम चाँदीको गरगहनासहित एक जना पक्राउ परेका छन् ।

भारतबाट अवैधरूपमा ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले आज बिहान वीरगञ्ज महानगरपालिका १६ बाट सप्तरीको राजविराजका ४३ वर्षका अंगत साहलाई पक्राउ गरेको हो । साहले चितवनको खैरहनीमा ज्वेलर्स सञ्चालन गर्दै आएका समेत अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको