
६ साउन, सिरहा । चाड बकरीद ईद–उल–अजहा आज जनकपुरधामसहित तराईका जिल्लाहरू र देशैभर मनाइँदै छ । बकरीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो। यता बकरीद ९ईद–उल–अजहा०को अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना दिदैं आज प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएका छन्।
मंगलबार नै एक शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री राउतले लेखेका छन्, ‘इस्लाम धर्मावलम्बीहरूको महान चाड इद–ऊल– अजाह बकरीद को सु–अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यस महान पर्वले प्रदेश नम्बर २ का साथै मुलुकमै भाईचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनि कामना गर्दछु।’ मुख्यमन्त्री राउतले शुभकामना सन्देशरमा अगाडि भनेका छन्, ‘कोराना महामारीले विश्वलाई नै आक्रान्त बनाएको अवस्थामा सरकारले जारी गरको स्वास्थ्य मापदण्डको पालना गरी पर्व मनाउन सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा आग्रह गर्दछु।
साथै इद– ऊल– अजाह९बकरीद० पर्वको अवसरमा प्रदेश सरकारले साउन ६ गते बार्षिक क्यालेण्डरमै सुनिश्चित गरी विदा समेत दिएको जानकारी गराउँदछु। संघ सरकारले पनि दियो सार्वजनिक विदा सरकारले मुस्लिम धर्मावलम्बीहरूको महान चाड इद–ऊल–अजाह९बकरीद० पर्वको अवसरमा बुधबार९आज० सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद ९इद–उल–अजहा० को अवसरमा साउन ६ गते बुधबार अर्थात आज मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरको े जनाएको छ ।
मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । के हो बकरीद रु रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्।
यस पर्वमा अल्लाह९इश्वर०लाई खुशी पार्न मुसलमानहरूले धर्मले जायज मानेका जनावरलाई कुर्बानी९बली० दिने गर्दछन्। मुस्लिम धार्मिक मान्यताअनुसार अल्लाहका नवी९दूत० इब्राहिम अलि सलामले ९०वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरको े सन्तान छोरा इस्माईललाई कुर्बानी गर्न‘पर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग९जनन्त०मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता अनुसार अहिलेसम्म कुर्बानी गर्ने प्रचलन कायम राखेको पाइन्छ । बकरीदको समयमा साउदी अरबको मक्का मदिनामा संसारभरीका मुसलमानहरू जम्मा हुने गर्दछन्। नेपालबाट पनि ठुलो संख्यामा मुसलमानहरू त्यहाँ जाने गरका छन्। तर यस वर्ष भने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपालबाट त्यहाँ जान रोक लगाइएको छ ।
निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दिए भने म कुर्बानी गर्छ‘। सोहीअनुरुप अल्लाहले निजको परीक्षा स्वरुप सपनामा कुर्बानी गर्न‘ पर्छ भन्दा उनले धेर जनावर ै कुर्बानी त गर तर े अल्लााह खुशी भएनन्। अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारो छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन, त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बानी९बलि० भएको थियो। कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता छ । बुधबार पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारीमा जुटेका छन्।