कमला नदीको बाढीले बाँध कटान गर्न थालेपछि धनुषाको पूर्वी क्षेत्रका बासिन्दा जोखिममा


५ साउन, धनुषा। वर्षाका कारण कमला नदीको बाढीले बाँध कटान गर्न थालेपछि धनुषाको पूर्वी क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेपछि वरपरका गाउँबस्ती जोखिममा परेको हो ।

किरतपुर र ढोलबज्जमा कमलाको बाढी बाँध कटान गरेको छ।बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरीएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए ।

बाढीको बेगले आधाभन्दा बढी बाँध बगाएको जानकारी आएपछि हामी त्यस तर्फ प्रस्थान गरेको प्रजिअ बास्तोलाले बताए ।

बाढीले सहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सबैला नगरपालिकाको गाउँहरु डुबानमा पर्ने खतरा रहेको उनले बताए ।

बाँध बचाउन नेपाली सेना र सशस्त्र प्रहरी मंगलबार बिहानैदेखि परिचालन गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको