५ साउन, उदयपुर । वर्षाका कारण गाईघाट कदमाह सगरमाथा लोकमार्ग सडक खण्डको चुरे जंगल क्षेत्रमा पहिरो गएर उदयपुर सदरमुकाम गाईघाट देखि सिराहको लाहान जाने सडक अबरुद्ध भएको छ । सडक पुरिएपछि सयौँ सर्वसाधरण आवज जावज गर्नै क्रम रोकीएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार त्रियुगा नगरपालिकाअन्तर्गत पर्ने चुरे मन्दिर चुरीयामाई देखि लाहानतर्फ जाँदा दोस्रो टर्निङमा माथिबाट पहिरो खसेर सडक पुरिएको छ । भर्खरै करिब मध्यान्ह १२ः०० बजे गएको पहिरोले अबरुद्ध सडक डोजर ल्याएर बनाउने कार्य चलीरहेको सडक बिभागले जनाएको छ ।